Media Network

अर्थमन्त्रीलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न गगनको आग्रह


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितीमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताए ।

‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान हो । यो कुनै सूचना होइन । किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ’, उनले भने, ‘त्यसैले यहाँ प्रस्तुत भइसकेपछि यहाँ डिफेन्स पनि गर्नुपर्थ्यो । अवास्तविक छ भन्ने कुरा मनमा लागेपनि होइन भन्नुपर्ने स्थिति छ । तर, कार्यान्वयन गरेर परिणम ल्याउँछु भन्नु भन्दाअघि अवास्तविक छ भनेर स्वीकार्नुहोला। यो यत्रो हुनैसक्दैनथ्यो ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद