Media Network

अर्थमन्त्रीलाई सांसद पौडेलको प्रश्न–सांसदका सुझावलाई बजेटमा कसरी समेट्नुहुन्छ?


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौँ। सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेटबारे सांसदहरूले दिएको सुझावलाई कसरी समेट्नुहुन्छ भनेर प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि बोल्दै उनले सांसदका सुझावलाई समेट्ने विधि बताउन आग्रह गरेका हुन्।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले छुटेका विषय बजेटमा सम्बोधन हुने बताएका थिए।

‘केही दिनअगाडि संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो। म प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु। वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ, त्यो आज उत्पन्न भएको समस्या होइन। यो लामो बेथितिले उत्पन्न गरेको परिणाम हो। भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नु भयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन ।’

सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद