Media Network

बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति भयो : सांसद शाही


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति भएको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो नभएको बताए।

‘सरकाले बजेट सदनमा पेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो लाग्दैन। सायद प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएन कि भन्ने अनुभूति भइरहेको छ। नीति तथा कार्यक्रम एकातिर छ, बजेट केन्द्रित अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु,’ उनले भने।

अहिलेको आर्थिक संकट नै मुख्य चुनौती भएकाले त्यसबाट पार पाउन गरी बजेट आउनुपर्ने उनले बताए।

त्यस्तै सरकारले बजेटमार्फत लगानीको क्षेत्र बढाउनुपर्ने पनि बताए।

कृषिलगायत क्षेत्रमा विदेशी लगानी भित्र्याउनका लागि मैत्री वातावरण बनाउनुपर्नेमा उनको जोड थियो।

उनले करको दायरा होइन लगानीको क्षेत्र बढाएर मात्र उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद