Media Network

बालुवाटारमा प्रमुख दलका नेताहरुबीच छलफल


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयक मा छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक सुरु भएको छ ।सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूहरुको बैठक बसेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी छन्।यस्तै एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल सहभागी छन्। माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद