Media Network

बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दाको खर्च कांग्रेसले ब्यहोर्ने


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको सम्पूर्ण खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचित हुँदै आएक थिए ।

आज बसेको  कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए ।सरकारी निवासमा गठबन्धनको बैठक बस्दा राज्यको खर्च भएको । 

ती बैठकहरुका भएको खर्चको बिल केन्द्रीय कार्यालयमा पेश गरी रकम चुक्ता गरिने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमोर्चाका नेता सम्मिलित कार्यदलको बैठक विगत दुई महिनादेखि बालुवाटार बस्दै आएको थियो । तालमेलका लागि भागवण्डामा कार्यदलमा सहमति हुन नसकेका क्षेत्र शीर्ष तहका नेताका बैठकले टुंगाएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादनको बैठकले घोषणापत्रलाई अनुमोदन गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद