Media Network

चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें– पर्यटनमन्त्री श्रेष्ठ


खबरस्टोरी संवाददाता

६ कार्तिक २०७९,आईतवार


काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताएका छन् । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ मा पुर्वाधार विकासतर्फ आफुले गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिवद्धता व्यक्त गरे । 

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरु, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण–संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरु निर्माण, सडक पुल, झुलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरेको उनले बताए । 

आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ बाट बाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले बसन्तपुर– स्वयम्भु– ह्वाइट गुम्वालाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई साँस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उहाँको भनाइ छ । सम्पदाक्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उनले बताए । 

स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथाहोमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उनले बताए । पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उनले बताए । पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफुले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि ल्याएको उनको भनाइ छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद