Media Network

चुनावपछि पनि गठबन्धन रहन्छ– पर्यटनमन्त्री श्रेष्ठ


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन. । बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताए ।  

काठमाडौं निर्वाचन क्षेत्र नं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमाप्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए । विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीचबाम–लोकतान्त्रिकगठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए । संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफुहरुले गठबन्धन बनाएको उनको भनाइ छ । 

जनताको समृद्धिको आकाँक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रुपमा अघि बढाउने उनले बताए । काठमाडौं–८ मा आफुले सुरु गरेका कयौं परियोजना निरन्तरताका लागि आफु उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताए । विगतमा राष्ट्रिय सभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउँदै उनले गठबन्धनका दलहरुबीच चुनावमाइमान्दारीता कायम हुने विश्वास व्यक्त गरे ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद