Media Network

एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने


खबरस्टोरी संवाददाता

९ आश्विन २०८०,मंगलवार

काठमाडौँ । नेकपा(एमाले) बागमती प्रदेश अधिवेशन सञ्चालनका लागि नेता गुरु बरालको अध्यक्षतामा ११ सदस्य अध्यक्ष मण्डल गठन भएको  छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।

अध्यक्ष केशवराज पाण्डेले बन्दसत्रमा पेस गरेको राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि दिउँसो २ बजेबाट छलफल हुने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि छलफल सकिएपछि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद