Media Network

एमाले गण्डकीले प्रदेश कार्यालयका लागि १० करोडको घर किन्दै


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश कार्यालय निर्माणका लागि १० बकरोडको घर किन्ने भएको छ । प्रदेश समितिको शुक्रबार बसेको पहिलो बैठकले पोखरा– ८ सिमलचौर नजिक करिब १० करोडको एउटा घर किन्ने निर्णय गरेको प्रदेश समिति अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
घर खरिदका लागि १५ लाख बैना समेत भैसकेको अध्यक्ष शर्माले बताए । ‘आफ्नै भवनबाट पार्टी संचालक गर्ने गरी एउटा घर किन्ने निर्णय भएको छ । ९ करोड ६५ लाखमा घर किन्ने समझदार भैसकेको छ । १५ लाख बैनासमेत गरिसकेका छौं,’ उनले भने ।
घर व्यवस्थापन गर्दा थप १ करोड खर्छ हुने अध्यक्ष शर्माले सुनाए । ‘घर किन्न लागेका हौं । अफिसियल ढाचा पुर्याउन पर्यो । मिटिङ हल बनाउनुपर्यो । व्यवस्थापन गर्दा थप १ करोड खर्च लाग्ने अनुमान छ,’ उनले भने ।
पार्टीका नेता, कार्यकर्ताबाट उठाएर ३ महिनाभित्र पास गरिसक्ने अध्यक्ष शर्माले बताए । ‘४ महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ । १ महिना त बितिसक्यो’, उनले भने, ‘आवश्यक रकम पार्टीसँग त छैन, तर पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले रकम जुट्छ ।’
Share:
Reaction :
ताजा समाचार
खेलकुद