Media Network

एमालेको नाराबाजीपछि संसद् बैठक २६ गतेसम्म स्थगित


खबरस्टोरी संवाददाता

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद