Media Network

एमालेको पाँच जिल्ला कमिटीको बैठक सिमकोटमा


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

काठमाडौँ। नेकपा एमालेको पाँच जिल्ला कमिटीको बैठक सदरमुकाम सिमकोटमा सुुरु भएको छ।मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार र नेता जिल्लामा आइपुुगेपछि चुनावी रणनीति तयार गर्न बैठक सञ्चालन गरिएको हो।

यसअघि उम्मेदवारहरू जिल्लामा आउन नपाएपछि काठमाडौँबाटै मनोनयन दर्ता गराएका कारण पार्टीको बैठक बस्न सकेको थिएन।

 उम्मेदवार नेता सबै जिल्लामा आइपुुगेपछि बैठक सुुरु भएको र बैठक निर्वाचन तयारीमा केन्द्रित हुने छ।

यसका लागि निर्वाचन प्रचारप्रसारदेखि अन्य तयारीसमेत बैठकले गर्नेछ। बैठकमा एमाले पोलिट ब्युरो सदस्य गोरख बोगटी, प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी दल रावल, प्रदेश सभा सदस्य पदका प्रत्यासी दलबहादुुर फडेरा र छक्कबहादुुर लामालगायत अधिकांश जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्यहरू सहभागी छन्।

बैठकले प्रचारमा जाने मितिसमेत तय गर्नेछ। ढिलो गरी भए पनि आज सबै छलफल सकाएर बैठक सकाउने तयारी एमालेले गरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद