Media Network

एमालेका पुराना र सक्रिय नेता कार्यकर्तालाई पाखा लगाए:भिम रावल


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं, २७ असोज । भिम रावलले एमालेका पुराना र सक्रिय नेता कार्यकर्तालाई पाखा लगाएको दोष लगाएका छन् । आफूले टिकट नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रुष्ट बनेका रावलले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएका हुन् ।

होलि वाईन भनेर बद्नाम एकनाथ ढकाललाई एमालेले समानुपातिकको शिर्ष स्थानमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

चर्चित ‘होलि वाइन’ काण्ड एकनाथ ढकालले नै नेपालमा ल्याएका थिए । होलि वाइनवाला संस्थाले केपी ओली प्रधानमन्त्री हुँदा पुरस्कार समेत दिएको थियो । एमालेका पुराना र सक्रिय नेता कार्यकर्तालाई पाखा लगाएर ओलीले ढकाललाई समानुपातिकको शिर्ष स्थानमा राखेका छन् ।

उनले भने, ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ। मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो। एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्र तवरले रोक्ने काम भयो।’

उनले पार्टीलाई माक्सवादी र लेलीनवाद किन भन्ने भनेर प्रश्न गरेका छन् । उनले माओवादी र एमालेमा पार्टी एकता हुँदा पनि अध्यक्ष ओलीले एकलौटी गरेको दोष लगाएका छन् । उनले पार्टी एकता हुँदा अध्यक्ष ओलीले स्थानिय कमिटीलाई सुचना विना पार्टी एकता गरेर पार्टीको निति विपरित गएको स्पष्ट्र रहेको बताएका छन् ।

उनले आफुले सरकारी कामकाजमा देवनागरिक भाषा प्रचलनमा ल्याउने भन्दा सुनुवाई नगरि वैदेशिक कम्पनिसँग मिलेर सवारी साधनमा अंग्रेजी भाषा नै राखेको बताएका छन् ।

सिमा विषयमा सडक आन्देलन पश्चातमात्र सुनुवाई भएको बताएका छन् ।उनले भारत ले लिपुलेक लिपियाधुरा भुभाग उसको नक्सामा राखेर नक्सा पकाशन गरि सडक बिस्तार गर्दा सम्म चुप बसेको र हामिले आन्दोलन सुरुवात गरेपछिमात्र नेपालको चुच्चे नक्सा सार्वजानिक भएको बताएका छन्।

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।  उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए ।
उनले एमालेको सबै उम्मेदवार भन्दा माक्सवादी उम्मेदवार पार्टीमा रगत पसिना दिएको बिधि र पद्दतिमा चल्ले उम्मेदवार जिताउन आह्वान गरेका छन्।
Share:
Reaction :
ताजा समाचार
खेलकुद