Media Network

एमालेको टिकट त्यागेर स्वतन्त्रबाट चुनाव लड्दै प्रभु शाह


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ ।

एमालेले एक्लै देश बनाउँछ, भागवण्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको उनको दाबी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद