Media Network

एमालेले आज पनि संसद चल्न नदिने


खबरस्टोरी संवाददाता

१६ श्रावण २०८०,मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ । यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।

सत्तारुढ दलहरुले भने सरकारको अनुसन्धान जारी रहेका बेला अर्को छानबिन समिति बनाउन नमिल्ने बताउँदै आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद