Media Network

एमालेले घोषणापत्र सार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ।एमालेले तीन दिनभित्र सार्वजनिक गर्ने गरी निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको छ । राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो ।

घोषणापत्रलाई अन्तिम रूप दिन अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रूप दिएर ओली आइतबार मात्र काठमाडौं फर्किँदै छन् । मस्यौदा समितिका संयोजकसमेत रहेका ओलीले अन्तिम रूप दिनका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन् ।

ओलीले यसअघि नै मस्यौदा समितिका सदस्य पोखरेल र रिमाललाई छरितो र गरिने कार्यक्रम बुलेटमा उल्लेख गर्ने गरी अन्तिम रूप दिन निर्देशन दिएका थिए । लाँकुरीभन्ज्याङमा पनि उनले यसअघिको निर्देशनअनुसार घोषणापत्रलाई छरितो र प्रभावकारी बनाउने गरी अन्तिम गृहकार्य गरिरहेको उनको सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद