Media Network

एमालेले राष्ट्रियसभा बैठक अवरोध गर्दा सत्तापक्षका सांसद पनि उठे


खबरस्टोरी संवाददाता

२६ श्रावण २०८०,शुक्रबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आसनबाट उठेका छन् । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका छन् । 

दुवैतर्फबाट सांसदहरू उठेपछि अध्यक्ष गणेश तिमिल्सिनाले यसैगरी मिलेर हाउस चलाउन सघाउन आग्रह गरे । उठेरै संसद चलाउने भए पछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि व्यंग्य गरे ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे।

एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद