Media Network

एमालेसँग भएको चुनावी तालमेलको विषयमा राप्रपामा असन्तुष्टि


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यले नेकपा एमालेसँग भएको चुनावी तालमेलको विषयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले तालमेल अनुचित भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतना पत्र लेखेका छन् । उ
नीहरुले एमालेसँग गरिएको तालमेलले कांग्रेस, कम्युनिष्टसँग असन्तुष्ट रहेका मतदातालाई राप्रपामा मत दिने अवस्थालाई अन्त्य गरेको बताएका छन् ।

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये केवल ३ स्थानका लागिमात्र जनताबाट विश्वास गुमाएको, हाम्रो पार्टी र नेतृत्वबाट अपवित्र घोषणा गरेको मध्येको एउटा दल नेकपा एमालेसँग चुनावी तालमेलको सम्झौता गर्नु सर्वथा अनुचित छ,ुसचेतना पत्र भनिएको छ, यस निर्णयले सिंगो पार्टी, सिद्धान्त, आदर्श, अठोट र संकल्प तथा जनताप्रति गरिएको प्रतिज्ञाको विपरीत छ ।

उनीहरुले एमालेसँग गरिएको गठबन्धनले राप्रपलाई क्षति पुग्ने बताएका छन् । एमाले र राप्रपाबीच झापा, रुपन्देही र बाँकेको प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २७ वटा निर्वाचन क्षेत्रमा गठबन्धन भएको छ ।

सचेनतापत्रमा १८ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको बताए । हाम्रो यो धारणामा ९० प्रतिशत कार्यकर्ताहरुको समर्थन रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद