Media Network

गठबन्धन विरुद्धको बागी उम्मेदवारलाई काङ्ग्रेसको कार्वाही


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७९,बुधबार

काठमाडौं। आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्ध उम्मेदवारी दर्ता गरेर उम्मेदवारी फिर्ता नलिएको सबै आफ्नो उम्मेदवारलाई काङ्ग्रेसले कार्वाही गरेको छ ।काङ्ग्रेस आज विज्ञप्ति जारी गर्दै उक्त उम्मेदवारहरुलाई पाँच बर्षसम्म क्रियाशील सदस्यता नरहने गरी कार्वाही गरेको हो ।

काङ्ग्रेसले आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (१)(घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरेको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद