Media Network

गठबन्धनविरुद्धको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न माओवादी प्रदेश-१ को निर्देशन


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौँ।नेकपा (माओवादी केन्द्र)प्रदेश १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार रहेका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेशले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

प्रदेशले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् । ‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद