Media Network

जनताका हरेक समस्यासँग आफू अवगत रहेको :नेता पौडेल


खबरस्टोरी संवाददाता

१ कार्तिक २०७९,मंगलवार

काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेको बताएका छन्। तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या  आफूसँग अवगत रहेका रे त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने  बताएका हुन्।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वरिष्ठ नेता पौडेलले भने, यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।

   उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद