Media Network

जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खायो: विप्लव


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्यवस्थाको विरुद्ध हामी लड्यौं । जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ । जेलमा रहेको कांग्रेसलाई हामीले सडकमा ल्याएको होइन रु माधव नेपाल र केपी ओलीहरु त्यतिवेला दुलाभित्र बसेका थिए । हामीले हो मुक्त गरेको ।’

अहिले सहिद परिवार र माओवादीहरुलाई अपराधी जस्तो ठानेकोप्रति उनले आक्रोश पोखे । विप्लवले दलाल र माफियाको विरुद्ध आफूहरु संघर्षमा जाने बताए ।

उनले सरकार र सरकार बाहिर रहेका दलहरुसँग बहस गरेर विचार मिल्नेसँग एकता र नमिले कार्यगत एकता गर्नेगरी अघि बढेकोसमेत बताए।

विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् ।ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।

 साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पु¥याइदिइरहेका छन्’ उनले भने ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद