Media Network

जसपाको चार मन्त्री बर्खास्त,मधेस प्रदेशमा पनि हटाउने तयारी


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई सरकारबाट हटाएलगत्तै मधेस मुख्यमन्त्री लालबाबु राउतले पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी थालेका छन् ।

सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेलमा गएपछि प्रधानमन्त्री देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका हुन् । राष्ट्रपतिले ती मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी छन् ।

गैरसांसदका हैसियतमा मन्त्री भएका कानुन न्याय तथा संसदीयमन्त्री गोविन्दप्रसाद कोइराला पनि पदमुक्त भएका छन् । ०७८ चैत २४ गते उनी मन्त्री नियुक्ति भएका थिए । गैरसांसद मन्त्री हुन पाउने ६ महिनाको समय अवधि समाप्त भएकाले उनी असोज २४ देखि स्वतः पदमुक्त भएका हुन् ।

कोइरालाले सम्हालेको मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद