Media Network

जसपाद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको लागि प्रस्ताव गरेको छ। जसपाका एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले कुमार लिङ्देन नेतृत्वको संघीय मञ्चलाई पार्टी एकताको लागि प्रस्ताव गर्दै पत्राचार गरेका हुन्।

संयोजक श्रेष्ठले पार्टी राजनीतिक समितिको वैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडी बढाउने निर्णय गरेअनुसार प्रस्ताव गरेको उल्लेख गरेका छन्।

जसपाले एकताको लागि पठाएको पत्रमा भनेको छ, ‘देश अहिले संघीयता कार्यान्वयनको चरणमा छ । सङ्घीय संसद र प्रदेश सभाहरुमा पहिचानसहितको सङ्घीयता र अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूको उपस्थिति कमजोर अवस्थामा रहेको छ । त्यसैले देशका परिवर्तनकारी राजनीतिक शक्तिहरूसामु आफ्ना माग र मुदूदाहरूलाई जनतासामु स्थापित गर्न चुनौतिहरू थपिएका छन् । चुनौतिहरूलाई सामना गर्न सही बाटो र सुदृढ सङ्गठनको आवश्यकता छ ।’

देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्नै पार्टीहरूबिच एकता खोजिरहेको उल्लेख गरेका छन्। एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोप्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लीम, आदिबासी जनजाति, मधेसी, खस, थारु, शिल्पीरदलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरू सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

‘वैचारिक आधारको रूपमा पहिचान सहितको सङ्घीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ । अतः पार्टी एकताको लागि विचारधारात्मक तथा सङ्गठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अगाडी बढाउन चाहन्छौं’ पत्रमा भनिएको छ।

जसपाले पार्टी एकताको लागि कार्यदल गठन गरेर नेकपा एकीकृत समाजवादीसहित अन्य दलहरुसँग पनि छलफल चलाइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद