Media Network

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, आज पत्रकार सम्मेलन


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक शनिबार सम्पन्न भएको हो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार घर बनाउने निर्णय गरेकोमा उक्त घर निर्माणमा सहयोग गर्ने आम कांग्रेसका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ ।सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनतालाई सुशासन प्रत्याभूती हुने खालका सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले शुक्रबार बालकुमारी घटेको घटनाको सत्यतथ्य छानबिन गरी पीडितका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र परिवारजनमा परेको क्षतिका बारेमा राज्यले विशेष निर्णय लिन बैठकले माग गरेको विश्वकर्माले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद