Media Network

कांग्रेसको बागी उम्मेदवार ३१ गतेसम्ममा निष्क्रिय भए कारबाही फुकुवा


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । 

उम्मेदवारले यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने भएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुयाइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद