Media Network

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दै


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

असोज २८ गते शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बस्दै छ ।

पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्यीय छ ।

बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन, तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद