Media Network

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने कांग्रेसले जनाएको छ ।यो कांग्रेसको ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । कांग्रेसले कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।
कांग्रेसले हरेक वर्ष पुस १६ गतेको दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जेलमुक्त भए लगत्तै भारत निर्वासित भएको ८ वर्षपछि स्वदेश फर्किएका थिए ।
बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरू २०३३ साल पुस १६ गते स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद