Media Network

कांग्रेसमा उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । कार्यसम्पादन समितिको आजको बैठकले दल दर्ता लगायत पाँच वटा निर्णय गरेको छ ।

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी प्रक्रिया पुरÞ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापीअभियान २०७९ भ्राद २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने निर्णय भएको छ ।साथै साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद