Media Network

कुनै प्रकारको तलब सुबिधा नलिने समानुपातिक उम्मेदबार जिसीको घोषणा


खबरस्टोरी संवाददाता

६ कार्तिक २०७९,आईतवार

काठमाडौं।सास्कृतिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाएका अर्जुनचौपारि गाउपालिका १ स्याङजाका याम बहादुर जिसी यतिबेला चुनाबी अभियानमा जुटेका छन् । झण्डै दुई दशक देखि सांस्कृति अभियान मार्फत सामाजिक जागरणको अभियान चलाएका जिसी गण्डकी प्रदेशका  प्रदेश सभामा समानुपातिक उम्मेदबार बनेका छन् ।

नेपाली जनता दलका केन्द्रीय उपाध्यक्ष एवम् संगठन बिभाग प्रमुख समेत रेहका याम बहादुर जिसी यतिबेला चुनाब प्रचारको क्रममा गण्डकी प्रदेशका ११ जिल्लामा चुनाबी अभियान लिएर निस्कीएका छन् । जिसीले चुनाब चिन्ह चक्का (पाङरो) मा मत दिएर आफु र आफ्नो टिमलाई जिताउन आवहान गरेका छन् । जिसी गण्डकी प्रदेशको नेपाली जनता दलको समानुपातिक सूचिमा पहिलो नम्बरमा रह्का छन् ।  

राष्ट्रिय संगितकमीं सघ राजधानीको अध्यक्ष समेत रहेका जिसी कलाकार समेत हुन् । उनको निर्देशनमा दर्जनौ म्यूजिक भिडियो तथा आफैले अभिनित म्यूजिक भिडियो तथा सड्क नाटक मार्फत आफ्नौ छुटै पहिचान बनाएका छन् । सामाजिक न्यायको सिद्धान्त र पूर्ण समानुपातिक निर्बाचन प्रणालीको मुद्धालाई लिएर चुनाबी अभियानमा होमिएका जिसी नेपाली राजनीति विकृति बढदै गएकाले त्यसलाई चिर्न आफूले राजनीतिमा आएको बताए । नागरिक समाजका अध्यक्ष समेत रहेका उम्मेदबार जिसी लामो समय कलाकारित पत्रकारीता र समाजसेवामा समेत क्रियाशिल रहेका उनले गण्डकी प्रदेशका बा नेपाली कुनै कसैलाई केही आवश्यकता परयो भने आफूले सक्ने सहयोग गर्न जहिले पनि तत्पर रहन्छन ।  

शहर केन्द्रीत बिकास हैन गाउँ केन्द्रीत बिकास योजना हुनुपर्ने बताउँदै आएका जिसी समाजसेवामा लागेकै कारण दजनौ सम्मान प्राप्त गरेका छन् । जीसी मनमा कहिल्यै अरुलाई हेला गर्नु पर्छ र आफुले मात्र लाभ लिनुपर्छ भन्ने सोच आएन । मुलत राष्ट्रिय मुद्धामा केन्द्रीत जिसी विदेशमा रहेका नेपालीलाई मतदान दिने व्यवस्था गरिनु पर्ने मुख्य एजेन्डा लिएर चुनाबी मैदानीमा उत्रिएका छन् ।  

बिकृत राजनीतिले गर्दा भ्रष्ट्रचार, नाताबाद, परिवारबाद, कमिसन, देश बिदेशीको चलखेलमा पसेको लगायतको कारण नै मुलकुको बिकास नभएको बताउने जिसी आफू निर्बाचित भएमा कुनै तलब भत्ता नलिई जनताको सेवामा लाग्ने बताउँछन् । स्थानीय तहलाई अझ अधिकारसम्पन्न बनाउन र स्थानीय तहमा भएका भष्टचारलाई अन्त्यको अभियान पनि आफूले चलाउने जिसीको योजाना छ । कृषि क्षेत्रलाई अग्र्यानिक बनाउँने र मल विऊ विजन तथा कृषि उपजको उचित बजार ब्यवस्थापन गर्नुकासाथै बढ्दो बेरोजगारी समस्याको समाधानमा लागि पनि आफ्नो उम्मेदबारी रहेको जिसीको भनाई छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद