मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १–१ विकेट लिए । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन् ।
यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २–२ अंक भएको छ । मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।