Media Network

सरुवा हुन नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिनु भने : मन्त्री बस्नेत


खबरस्टोरी संवाददाता

२८ असार २०८०,बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवा हुन नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् ।आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले  ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको बताए।

कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतले बताए ।

पटक पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’ उनले भने ।

उनले डोल्पाको मान्छे काठमाडौं आएर १० वर्ष बसिसकेको र सरुवा गर्दा पनि जान नमानेको उदाहरण दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद