Media Network

कोरोना बिमाको रकम उपलब्ध गराउन एमालेको माग


खबरस्टोरी संवाददाता

१८ भाद्र २०८०,सोमबार

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोना बिमाको रकम उपलब्ध गराउन माग गरेका छन् ।आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकार कुम्भकर्ण भएको आरोप समेत लगाए ।

“यो सरकार माटोको तोर्माजस्तो भयो । आइया पनि छैन, आथ्था पनि छैन । विगत चार वर्षदेखि देशका ५० हजारभन्दा बढी नागरिकहरुले गरेको कोरोनावापतको बिमाको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन,” बर्तौलाले भने, “सरकारलाई कुनै चासो छैन । कुम्भकर्ण निन्द्रामा पर्यो ।”

बिमितले पाउनुपर्ने रकम सरकारबाट प्राप्त गर्ने गरी विशेष रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद