Media Network

काठमाडौँ आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौ । श्रीलङ्काका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन्।नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ। विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्ने छन्।साथै दुई विदेशमन्त्रीबीच छुट्टाछुट्टै भेटवार्ता पनि हुनेछ। भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएकोछ । उन पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्ने छन्।

रासस

Share:
Reaction :
ताजा समाचार
खेलकुद