Media Network

काठमाडौं २ का स्वतन्त्र उम्मेदवार बोहोराको चुनाव चिन्ह खुकुरी क्रस


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं।निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर २ तर्फका स्वतन्त्र उम्मेदवार अनुप बोहराले खुकुरीक्रस चिन्ह पाएका छन् ।अर्थशास्त्र सम्बन्धि अध्यन गरेका बोहराले पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।


बोहोरा गठबन्धनको तर्फबाट उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती सङ प्रतिस्पर्धा गर्दैछन् । यसअघि समानुपातिकबाट सांसद बनेकी घर्तीलाई माओवादीले यसपटक प्रत्यक्षतर्फको टिकट दिएको हो ।

बोहोराले बाहिर बाट आएका उम्मेदवार भन्दा यहीँ जन्मिएको हुर्केको ठाँउको उम्मेदवार भएका कारण पनि बलियो उम्मेदवार आफु रहेको बताउदै मङ्सिर ४ मा खुकुरीक्रस चम्किने बताएका छन्।
उनलाई रवि लामिछाने नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टीले चुनाव लड्न अफर गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद