Media Network

काठमाडौँ-१ मा कम्युनिष्टको किल्ला भत्किएको कांग्रेस नेता सिंहको दाबी


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिष्टको किल्ला आफूले भत्काएको दाबी गरेका छन् ।काठमाडौं १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्।

उनले‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए । २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे बताएका छन्।

मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको उनले सुनाए । चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उने भने, ‘यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’

काठमाडौं १ बाट निर्वाचित हुनेहरु राज्य सञ्चालनका लागि उच्च पदमा पुगेको सुनाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद