Media Network

काठमाडौँ– ६ लाई नमुना बनाउछु: सर्वेन्द्र खनाल


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौँ। नेकपा एमालेकोतर्फबाट काठमाडौँ– ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले आफूले उम्मेदवारी दिएको सो क्षेत्रलाई नमूना बनाउने बताएका छन् ।

शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौँ –६ लाई नमूना बनाउने बताएका हुन् ।

‘यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे । अब तपाईँहरू प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् ।’ उनले भने,’प्रतिनिधिसभामा तपाईँहरूको शीर उचो बनाउने छु । यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु ।’

खनाल दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद