Media Network

लुम्बिनी प्रदेशमा थपिए दुई मन्त्री, तर पनि सरकारले पाएन पूर्णता


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन्  ।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वयको शपथग्रहण हुँदैछ ।आज आइतबार मन्त्री केसी र थापाले शपथग्रहण लिदैछन् ।

केसी नेकपा माओवादी केन्द्र र थापा नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका छन् ।हिजो शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठाना रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा विवाद देखिएपछि मन्त्रिपरिद्‌लाई पूर्णता दिन सकेका थिएनन् । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद