Media Network

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो  ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका दसौदी २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०५१, ०५६, ०७० सालको निर्वाचनमा समेत उम्मेदवार बनेको थिए ।

त्यसैगरी विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । रोल्पा नगरपालिका–४ निवासी उनी नेपाली कांग्रेसका जिल्ला पूर्वपार्टी सभापति पनि हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा थालनी गरेका आचार्य २०६४ सालमा समेत प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आइरहेका राजेन्द्रवीर रायलाई उम्मेदवार बनाइएको छ । रायको प्रस्तावकमा बर्दिया २९१० बाट निर्वाचित सांसद राजकुमार चौधरी छन् भने समर्थकमा बर्दिया २९२० वाट निर्वाचित प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद