रुपन्देहीको मर्चाबारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहले मतदान गरिनन् । उनी भारतमा रहेकाले मतदानमा सहभागी नभएको बुझिएको छ ।
मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतदानलगत्तै मतगणनाको प्रकृया थालिएको बताए । उनका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो ।
मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सीटमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट कुमार दसौंदी, विपक्षी नेपाली कांग्रेसबाट माधव आचार्य र नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका छन् ।