Media Network

माइतिघर मण्डलामा संविधानको किताब जलाइयो


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौं । आज संविधान दिवस देशभर   मनाइरहँदा माइतिघर मण्डलामा संविधानको किताब जलाइएको छ  । बिभिन्न पम्पेटसहितको नाराबाजी गर्दै राजतन्त्रवादी युवाहरुले जलाएका हुने।

संयुक्त जनआन्दोलन मोर्चाको आव्हानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको हो । प्रदर्शनकारीले संविधानलाई ‘कालो संविधान’ को संज्ञा दिएका छन् । आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्न भन्दै उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् ।

संविधान जलाउने प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो ।

उनिहरुले धर्मनिरिपेक्षता हट्नुकको साथै राजतन्त्रको माग गर्दै आएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद