Media Network

मीनभवन क्याम्पसमा नेविसंघका संस्थापन र इतर समूहबीच ढुङ्गा हानाहान


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद