Media Network

मन्त्री किराँतीको स्पष्टीकरण: म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएर आलोचित भइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबैको अभिभावक भएको बताएका छन् ।

बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु भएको र संविधान मान्दिन भन्ने देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै मन्त्री किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको बताउँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका हुन् । ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो’, उनले लेखेका छन् ।

उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्।उनले लेखेका छन्, ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद