Media Network

मन्त्री किरातीले सोधे पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापालाई ८ बुँदे स्पष्टीकरण


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुशपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेका छन् ।शुक्रबार मन्त्री किरातीले कोषको क्षेत्रभित्र सञ्चालन भएका पसल, भवन, पार्क, धर्मशालासँग भएको सम्झौताको कागजात माग गरेको हुन् ।

उनले सोही सम्झौताअनुसार उनीहरूबाट असुल भएको रकम र तिर्न बाँकी रहेको बक्यौता रकम समेत माग गरेका छन् ।साथै, मन्त्री किरातीले सात दिनभित्र मन्त्रालयमा पुग्ने गरेर स्पष्टीकरण दिन पनि भनेका छन् ।

‘कोषले असुलउपर गर्ने, अनुगमन गर्ने र त्यसउपर कारबाही गर्ने समेतको काम, कर्तव्य र दायित्व त्यहाँको प्रचलित नियमानुसार कुन–कुन पदाधिकारी, कर्मचारीलाई तोकिएको छ, सोको विवरण,’ स्पष्टीकरणमा सोधिएको छ ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद