Media Network

माओवादी केन्द्रले तिहार पछि घोषणापत्र सार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

६ कार्तिक २०७९,आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्ने तयारी रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद