Media Network

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउँसो बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा खासगरी सत्ता गठबन्धनमा सामेल दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवाद र केन्द्रदीय विभागहरुको कार्य विभाजनहरुका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तैगरी नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने हुने जनाइएको छ ।

यसअघि विहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले पछिल्लो समय सत्ता गठबन्धनमा समस्या आएको नेताहरुलाई जानकारी दिएका थिए।सत्ता गठबन्धनमा रहेको रास्वपालाई गृहमन्त्री नदिँदा सरकार छाड्ने बताउँदै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद