Media Network

माओवादी नेता तामाङ्गले होटलको बिल नतिरेपछि..


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तिकारीका पुर्व विधार्थी अघ्यक्ष रन्जित तामाङ्गले उधारो खाएको नतिरेपछि  होटल ब्ल्याक राईसले ७ दिनको सुचना जारी गरेको छ ।

ईन्द्रेणी कम्प्लेक्सको पछाडिपट्टी रहेको होटल ब्ल्याक राईसले विभिन्न समयमा  आएर उधारो  खाएको र पटकपटक ताकेता गर्दा पनि नतिरेको भन्दै नेता तामाङ्गसहित चार नेताको नाम सार्वजानिक गरेको हो । 

होटल ब्ल्याक राईसमा पूर्व अध्यक्ष तामाङ्गको सन्ताउन्न हजार उधारो बाँकी रहेको छ ।

उनी लगाएत दुधराज लामा,बिष्णु चौधरी र तुकमान महराको नाममा उधारो रहेको होटल ब्ल्याक राईसले बताएको छ ।

होटलले सात दिन भित्रका उधारो बिल भुक्तानी नगरे पत्रिकामा फोटोसहित सूचना प्रकाशित गर्ने चेतावनी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद