Media Network

माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्‍यो


खबरस्टोरी संवाददाता

१७ माघ २०७९,मंगलवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डेढ घण्टा पछि सरेको छ । बिहान ११ बजे बोलाएको पदाधिकारी बैठक साढे १२ बजे बस्ने भएको छ। प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको स्रोतले जनाएको छ ।

आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिको चुनावसम्म मन्त्रालय आफूसँगै राख्ने पक्षमा देखिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद