Media Network

मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने : प्रचण्ड


खबरस्टोरी संवाददाता

४ असार २०८०,सोमबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा परिवर्तनका पक्षधरहरु एकैठाउँमा भएको बताएका छन् ।समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।

उनले भने, ‘दशकौंदेखि विभिन्न खालको संघर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार, प्रवत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौं बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेका छन्। के कुरा साचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’

फेरि देशलाई हिजोकै सामन्ति र निरंकुशतातिर फर्काउने चाहनेहरुलाई नयाँ युद्ध भएको जिकिर गरे। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्न खोज्ने काम स्वीकार्य नभएको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद