Media Network

मंसिर ४ को निर्वाचन सामान्य खालको होइन् : प्रचण्ड


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौँ।नेकपा कम्युनिष्ट पार्टी माअ‍ोवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न मंसिर चारको निर्वाचन सामान्य नरहेको बताएका छन् । उनले आज शुक्रबार काठमाडौँ ७ मा भउको कार्यकर्ता परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यो निर्वाचन अग्रगमन र पश्चागमनबिचको लडाइ भएको बताएका हुन् । 

उनले भने,‘अहिले देशमा दुईवटा विचार र दुईवटा गठबन्धन आमने–सामने भएका छन्। एउटा, पश्चमन अथवा संविधान मास्ने पक्ष र अर्को, अग्रगमन अथवा संविधानको रक्षा गर्ने पक्ष। एउटा लोकतन्त्र विरोधी पक्ष र अर्को लोकतन्त्रको रक्षाको पक्षमा रहेको गठबन्धन हो ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद