Media Network

मधेस प्रदेशमा माओवादी पनि सरकारमा सहभागी हुँदै


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

धनुषा । नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुँदै छ । मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको छ ।

प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ ग्रहण कार्यक्रम हुदैछ ।

यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए । दुई मन्त्रालय नपाएकै कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद